
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–६ मा गए राति भएको झडपमा एक जनाको ज्यान गएको छ ।
चार जना घाइते भएका छन् । व्यक्तिगत लेनदेनको विषयलाई लिएर झडप भएको भनेपनि यसमा राजनीति जोडिएको हुन सक्ने भन्दै स्थानीयले विरोध जनाएका छन् ।
गएराति १० बजेतिर दुई पक्षबीच झडप हुँदा ढुङ्गा हानाहान भएको थियो । ढुङ्गा हानाहान हुँदा लागेर घाइते भएका स्थानीय बासिन्दा ६५ वर्षका रामकेबल रायको ज्यान गएको डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् ।