
महोत्तरी - लोसपाका बरिष्ठ नेता शरद सिंह भण्डारीले मतदान गर्नुभएको छ। उहाँ महोत्तरी निर्वाचन क्षेत्र -२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ तर उहाँको मतदान स्थल महोत्तरी निर्वाचन क्षेत्र -४ रहेको हुँदा उहाँले औरही नगरपालिका १ स्थित श्री जनता आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो ।


