
धनुषा - धनुषामा आज विहान जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएको छ भने ९ जना घाइते भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाकाे अनुसार जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हाे।
धनुषाका एसपी बसन्त रजाैरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा जीप दुर्घटनामा परेको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् भने ९ जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार,धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह काे परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।