
महोत्तरी - महोत्तरीमा शान्तिपुणर् मतदान सप्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
महोत्तरीमा ६२.६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको महोत्तरीका निर्वाचन कार्यालय प्रमुख सुबोध महतोले जानकारी दिनुभएको छ। महोत्तरीमा मतपेटिका मतदान केन्द्रबाट मतगणनास्थल ल्याउन सुरु भएको महतोले जानकारी दिनुभयो।

सबै केन्द्रका मतपेटिका गणना स्थलमा आज अबेर राती सम्म पुग्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिए ।

क्षेत्र १, २, ३, मा मत पेटिका अझै संकलन हुदै गरेको हुँदा भोली बिहान 8 बजे सर्वदलीय बैठक हुन सक्ने र क्षेत्र ४ मा पनि मत पेटिका संकलन जारी रहेकोले आज राती सर्वदलीय बैठक र गणना को सम्भवना न्यून रहेको बताइएको छ। मतगणना हुने स्थलहरुमा क्षेत्र १ को बर्दिबास क्षेत्र २ को बनौटा क्षेत्र ३ को जलेश्वर र क्षेत्र 4 रामगोपालपुर राखिएको छ।