
महोत्तरी – महोत्तरी क्षेत्र नम्बर ३ मा साँझ ७ बजेदेखि मात्र मतगणना हुने भएको छ । सर्वदलीय बैठक नै ढिलो गरी बसेको कारण मतगणना ढिलो हुने भएको छ । जिल्ला समन्वय समिति महोत्तरीमा मतगणनाको तयारी चलिरहेको छ ।
सो क्षेत्र सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, जसपा–एमाले गठबन्धनबाट जसपाका हरिनारायण यादव, स्वतन्त्र रामआधार कापडलगायतको बीचमा प्रतिस्पर्धा रहेको छ ।