
काठमाडौं- डडेल्धुरामा स्वतन्त्र उम्मेद्वार सागर ढकाल दोस्रो स्थानमा उक्लिएका छन् । ५०० मत गन्दा तेस्रो नम्बरमा रहेका ढकाल एक हजार मत गणना हुँदा कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई उछिन्दै दोस्रो नम्बरमा उक्लिएका हुन् ।
यस क्षेत्रमा एक हजार मत गणना हुँदा प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४६३ मत ल्याएका छन् ।
दोस्रो नम्बरमा रहेका ढकालले २४१ मत पाएका छन् भने कर्णबहादुर मल्ल २०९ मतका साथ ढकाललाई पछ्याई रहेका छन् । ढकाल र देउवाबीच २२२ को मतान्तर रहेको छ ।