-शुभम साह, सूचना प्रविधि विद्यार्थी
हाम्रो जलेश्वर, नेपालकै एक प्रमुख व्यापारिक र धार्मिक केन्द्रका रुपमा परिचित नगर। यसको ऐतिहासिक व्यापारिक र सांस्कृतिक महत्वले यसलाई सधैं विशेष स्थानमा राखेको छ। परापूर्वकालदेखि यहाँको व्यापार, धार्मिक गतिविधि, र सामाजिक जीवनले जलेश्वरलाई नेपालभित्र मात्र नभई भारतसँगको सम्बन्धमा पनि महत्तवपूणर् बनाएको छ। तर, पछिल्लो वर्षहरुमा यहाँको व्यापारिक वातावरणले अपेक्षित उचाइ लिने त परको कुरा, बिस्तारै मन्दीको अवस्था सामना गर्नुपरेको छ। स्थानीय व्यापारिक वातावरणले उन्नति गर्न नसक्नु र औद्योगिक क्षेत्रमा नवप्रवर्तनको कमी देखिनु यस नगरको विकासमा बाधक बनेको छ। जलेश्वरको व्यापारिक क्षेत्र समस्याको चक्रव्यूहमा फसेको छ, जहाँ अव्यवस्थित नेतृत्व, राजनीतिक हस्तक्षेप, र दीर्घकालीन सोचको अभावले गर्दा यहाँको विकासले अपेक्षित गति लिन सकेको छैन।
जलेश्वर उद्योग वाणिज्य संघको वास्तविकताः राजनीति र असफल नेतृत्व
जलेश्वर उद्योग वाणिज्य संघ एउटा यस्तो संस्था हो, जसको प्रमुख उद्देश्य उद्योगी र व्यापारीहरुको हकहितको रक्षा गर्नु, उनीहरूको व्यवसायिक समस्याहरुको समाधान गर्नु, र नगरको समग्र आर्थिक विकासमा योगदान पुर्याउनु हो। तर, विडम्बना, पछिल्लो केही समययता संघ आफ्नो उद्देश्यमा असफल देखिएको छ ।
१. राजनीतिक हस्तक्षेपको प्रभाव
उद्योग वाणिज्य संघमा राजनीतिक दलहरूको अत्यधिक हस्तक्षेप छ। व्यापारिक अनुभव र दृष्टिकोण नभएका व्यक्ति केवल दलको प्रभावमा उम्मेदवार बनिरहेका छन् । प्रत्येक निर्वाचनमा राजनीतिक दलहरुले अ-आफ्ना उम्मेदवार अघि सारेर संघलाई राजनीतिक खेलमैदान बनाएका छन्। निर्वाचनमा “हाम्रो उम्मेदवार जित्दा हाम्रो गढ बन्छ” भन्ने सोचका साथ दलहरुले आफ्ना व्यक्ति अघि सारिरहेका छन् । यस्तो सोचले संघलाई उद्देश्यबाट भड्काएको छ।
एक चुनावमा एउटा दलको प्रभाव रहन्छ, अर्कोचोटि अर्को दलको। यसले संघलाई व्यवसायीक विकासको सट्टा राजनीतिक प्रतिस्पर्धाको क्षेत्र बनाएको छ।
२. अल्पकालीन सोच र प्रचारमुखी नेतृत्व
नेतृत्वमा रहेका धेरैले आफ्नो कार्यकालभरि दीर्घकालीन योजनाका सट्टा फोटो खिचाउने, सामाजिक सञ्जालमा पोस्ट गर्ने, र मिडियाबाजीमा समय खर्च गरेको देखिन्छ। व्यापारिक संकट समाधान गर्नुभन्दा नेतृत्वको प्राथमिकता प्रचारमुखी गतिविधि बनिरहेको छ।
विशेषत ः सदस्यता प्रक्रियामा अनियमितता
सदस्यता नवीकरण र नयाँ दर्ताको प्रक्रियामा देखिएको अनैतिक अभ्यासले यस संस्थाको गरिमा कमजोर बनाएको छ।
- उम्मेदवारहरुले सदस्यता नवीकरण र नयाँ दर्ताका लागि व्यक्तिगत रुपमा खर्च गरिदिने र त्यसको सट्टामा भोट माग्ने प्रवृत्ति विकसित भएको छ।
- व्यापारी र उद्योगीहरुले आफ्नो जिम्मेवारीबाट पलायन गर्दै, यस प्रक्रियामा उम्मेदवारहरुमाथि निर्भर हुने प्रवृत्ति देखाएका छन्।
- यस्तो प्रवृत्तिले नेतृत्वको गुणस्तरलाई खस्काएको मात्र होइन, संस्थाको आर्थिक सुदृढीकरणमा समेत अवरोध पुर्याएको छ।
यो प्रवृत्तिको व्यापारिक र औद्योगिक विकासमा असर
१. योग्य नेतृत्वको अभाव
जब चुनाव आर्थिक प्रलोभनमा आधारित हुन्छ, योग्य, सक्षम, र दीर्घकालीन सोच भएका उम्मेदवारहरुले नेतृत्व गर्न पाउँदैनन्।
२. व्यापारी र उद्योगीको जिम्मेवारीबोधको कमी
व्यवसायीहरू आफ्नो सदस्यता शुल्क आफैं तिर्नुभन्दा अरुको पैसामा निर्भर हुँदा उनीहरूको आत्मनिर्भरता र जिम्मेवारीबोध कमजोर भएको छ।
३. औद्योगिक क्षेत्रको उपेक्षा
औद्योगिक प्रवद्र्धनका लागि दीर्घकालीन योजना अभावका कारण नयाँ उद्योगहरु स्थापना हुन सकेका छैन्।
व्यापारिक मन्दी र औद्योगिक विकासमा अवरोधका कारणहरू
१. स्थानीय बजारमा प्रतिस्पर्धाको अभाव
जलेश्वरको बजारमा मन्दीको प्रमुख कारण नजिकैको जनकपुर र भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्नु हो। भारतीय बजार भिठ्ठामोड, सुरसण्ड र सीतामढी, मधवापुर र भन्सार क्षेत्रमा सामान सस्तो पाइने हुँदा स्थानीय ग्राहक त्यतैतिर आकर्षित भएका छन्। बिगतमा नगर बस सञ्चालनको असन्तुलनले पनि जलेश्वरको व्यापारमा नकारात्मक असर पारेको छ।
२. औद्योगिक प्रवद्र्धनको कमी
साना तथा मझौला उद्योग स्थापना गर्न दीर्घकालीन योजना बनाइएको छैन। नयाँ उद्योगहरुको स्थापना गर्न सीपमूलक तालिम, प्रविधि, र आर्थिक सहयोगको अभाव छ।
३. बाबा जलेश्वरनाथ महादेवको प्रचारको कमी
बाबा जलेश्वरनाथ महादेवको धार्मिक र ऐतिहासिक महत्त्वलाई प्रचारप्रसार गर्न खासै ध्यान दिइएको छैन। धार्मिक पर्यटन प्रवद्र्धन गरी यसलाई व्यापारिक फाइदासँग जोड्ने कुनै ठोस प्रयास भएको देखिँदैन।
जलेश्वरको व्यापारिक र औद्योगिक विकासका लागि सुधारका उपायहरु
अबको नेतृत्वले व्यापार र उद्योगलाई सँगै अघि बढाउन प्रभावकारी कदम चाल्नुपर्छ। यहाँ केही महत्त्वपूणर् उपायहरु म मार्फत प्रस्ताव गरिएको छन् ः
१. योग्य नेतृत्वको आवश्यकता
- योग्य, इमानदार, र दीर्घकालीन सोच भएका उम्मेदवारहरूलाई नेतृत्वमा चयन गरिनुपर्छ।
- संघमा राजनीति गर्न चाहने व्यक्तिहरूलाई बहिष्कार गरी मात्र व्यवसायी दृष्टिकोण राख्ने उम्मेदवारलाई अघि बढाउनुपर्छ।
नेतृत्वले प्रचार र फोटो खिच्नेभन्दा नगरका व्यापारिक र औद्योगिक समस्याहरू समाधानमा ध्यान दिनुपर्छ।
व्यापारी र उद्योगीको हकहित संरक्षण
२. सदस्यता नवीकरणमा पारदर्शिता - सदस्यता नवीकरण र दर्ता प्रक्रियामा पारदर्शिता कायम गर्दै, यसलाई डिजिटल प्रणालीमार्फत सरल बनाइनुपर्छ।
३. आत्मनिर्भरता विकास - व्यापारी र उद्योगीहरूले आफ्ना सदस्यता शुल्क आफैं तिर्ने संस्कारको विकास गर्नुपर्छ।
४. स्थानीय बजारलाई प्रतिस्पर्धी बनाउने - जलेश्वर बजारमा सस्तो र गुणस्तरीय उत्पादन उपलब्ध गराउन व्यापारीहरूलाई प्रोत्साहन गर्नुपर्छ।
- नगर बस सञ्चालनलाई पुनर्संरचना गरी जलेश्वर नगरभित्रका गाउँहरुलाई बजारसँग जोड्नुपर्छ।
५. भिठ्ठामोड नाकाको विकास - भिठामोड नाकालाई मझौला भन्सारको रुपमा विकास गर्न भारत र नेपालका अधिकारीहरुसँग सहकार्य गर्नुपर्छ।
औद्योगिक क्षेत्रको विकास
६. साना उद्योगको स्थापना - साना तथा मझौला उद्योगहरुलाई प्रोत्साहित गर्न सीपमूलक तालिम र आर्थिक सहयोगको व्यवस्था गरिनुपर्छ।
व्यापारिक र सांस्कृतिक जीवन्तता
७. धार्मिक र सांस्कृतिक कार्यक्रमको प्रवद्र्धन - महादेव मन्दिरको शिवरात्रि मेला र अन्य ऐतिहासिक कार्यक्रमलाई व्यवस्थित गरी व्यापारीहरुको सहभागिता सुनिश्चित गरिनुपर्छ।
८. वार्षिक उद्योग मेलाको आयोजना - प्रत्येक वर्ष उद्योग मेला आयोजना गरी स्थानीय उत्पादन, नयाँ प्रविधि, र व्यापारिक सम्भावनाहरूको प्रचार गरिनुपर्छ।
संस्थाको प्रभावकारिता बढाउने
९. व्यापारिक सुरक्षा र विमाकोषको स्थापना - उद्योगी र व्यापारीहरूको व्यापारिक जोखिमलाई सम्बोधन गर्न विशेष विमाकोष खडा गरिनुपर्छ।
१०. सरकारसँग सहकार्य - संघीय, प्रदेश, र स्थानीय सरकारसँग सहकार्य गरी व्यापार र उद्योग प्रवद्र्धनका नीति तथा कार्यक्रमहरू लागू गर्नुपर्छ।
नगरको वातावरणीय संरक्षण
११. पवित्र सुन्दर हरित जलेश्वर - नगरलाई हराभरा बनाउने उद्देश्यले वृक्षारोपण र सरसफाइ अभियान सञ्चालन गर्नुपर्छ।
जलेश्वर नगरपालिकाको भूमिकासहित विकासका विशेष पहल
बाबा जलेश्वरनाथको धाम—समृद्ध व्यापार र पर्यटनको महान अभियान
बाबा जलेश्वरनाथको मन्दिरलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउन विशेष अभियान सञ्चालन गर्नुपर्छ। धार्मिक पर्यटकका लागि आवासीय सुविधा, स्वच्छता, र मार्गदर्शन प्रणालीको विकास गरी धार्मिक पर्यटनलाई स्थानीय व्यापारसँग जोड्नुपर्छ।
निष्कर्षः
जलेश्वरको व्यापारिक र औद्योगिक भविष्य उज्ज्वल बनाउन, नेतृत्व र व्यापारी र उद्योगी समुदायले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न आवश्यक छ। - पारदर्शी र उत्तरदायी नेतृत्वको चयन।
- व्यापारी र उद्योगीको आत्मनिर्भरता र जागरूकता।
- दीर्घकालीन योजनाका साथ व्यापारिक र औद्योगिक विकास।
यदि यी आधारभूत सुधारहरू लागू गरिन्छ भने, जलेश्वरले आफ्नो पुरानो व्यापारिक र औद्योगिक गौरवलाई पुनः प्राप्त गर्न सक्छ।
जब नेतृत्व सक्षम, पारदर्शी, र जिम्मेवार हुन्छ, तब व्यापार, उद्योग, र नगरको विकास सम्भव हुन्छ । जलेश्वरको विकास अब हामी सबैको सामूहिक प्रयासबाट मात्र सम्भव छ। राजनीति होइन, व्यावसायिक सोच नै हामीलाई समृद्धि दिन सक्छ ।