
धनुषा- महिलाहरुको हकहित र अधिकारको लागि अग्रसर ओरेक नेपालले ९ जना महिलाहरुलाई जिविकोपार्जनका लागि २० हजारको दरले आर्थिक सहयोग गरेको छ ।
मिथिला नगरपालिकाका ९ जना हिंसा प्रभावित तथा एकलमुली महिलाहरुलाई प्राथमिकतामा राखेर प्रति व्यक्ति २० हजारको दरले व्यापार व्यवसाय र जिविकोपार्जनका लागि सहयोग गरेको ओरेक नेपाल धनुषाका परियोजना संयोजक रोजलिन सिंह बछारले जानकारी दिनुभयो ।
बुधवार मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले मिथिला नगरपालिका वडा न.३ र ९ वडाका मन्जु देवी महतो, माया साह कानु, बेचनी देवी , गुप्तामाया देवी, गुलशन खातुन, सहिना खातुन, अमृता कुमारी महरा, विष्णुमााया पुलामी, बुना तामाङलाई २० हजारको दरले चेक प्रदान गरिएको ओरेक नेपालका कार्यक्रम अधिकृत विणा सिंहले जानकारी दिनुभयो ।