बर्दिवास- महोत्तरीको बर्दिवास स्थित बर्दिवास साना शहरी खानेपानी सरसफाई उपभोक्ता संस्थाको आगामी फागुण १४ गत्ते हुन गईरहेको निर्वाचनकालागी अध्क्षय पदका चार उमेदवार प्यानल सहित प्रतिस्पर्धामा छन भने एक अध्क्षय पदमा मात्र एकल प्रतिस्पर्धामा छन।
चुनाबमा चुडमणी पोखरेल, निरज अधिकारी ,भुलन बहादुर सेन ठकुरी र देबनारायण महतो प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन्।



त्यसैगरी भोजराज भट्टराई प्यानल बिनानै अध्क्षय पदमामात्रै चुनाबी प्रतिस्पर्धामा छन । चार प्यानल र एक एकल उमेदवार मध्ये चुडमणी प्यानलले शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो प्यानलको चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ भने निरज अधिकारीको प्यानलले बर्दिवासमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरेको छ।

बाँकी दुई प्यानल भुलन बहादुर सेन ठकुरी र देबनारायण महतो प्यानलले सोमवार छुट्टा छुटै पत्रकार सम्मेलनगरी आफ्नो प्यानलको प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ।
भुलन बहादुर सेनको पत्रकार सम्मेलनमा उनको प्यानलले जिते खानेपानी संस्था भित्रका आर्थिक अपचलन गर्ने कर्मचारी तथा पुर्व संचालक समितीका पदाधिकारी र सदस्यलाई अपचलन गरेको रकम तिराउने बर्दिवास क्षेत्रमा खानेपानीलाई ब्यवस्थितगर्न नयाँ आयोजना ल्याईने डिप बोडिङ्ग गाडेर पानी खुवाउने हाल बर्षामा धाराबाट आईरहेको धमिलो पानीलई फिल्टरको माध्यमबाट शुद्धिकरण गर्ने ,सरसफाइमा बिशेश ध्यान दिईने घुम्ती शौचालयको ब्यवस्था मिलाईने बर्दिवास चोकमा भएको एकमात्र शौचालय सडकभित्र परेकाले जुनसुकै समयमापनी भत्किन सक्ने हुनाले शौचालयकोलागी शौचगर्ने नयाँ स्थानको खोजीगरीने संस्थामा उठेका पानीको महसुललाई बैकिङ्ग प्रणाली अपनाउने खानेपानीको दिर्घकालिन ब्यवस्थापनकालागी पानीको नयाँ मुहान खोज्ने लगायतका बिषय समेटिएको छ।
त्यसैगरी देबनारायण महतोले पत्रकार सम्मेलन मार्फत खानेपानी संस्था भित्र भएको अनियमिततामा तात्कालिन कार्य समिती एकजुट भई भ्रस्टाचार गरेको आरोप लगाएका छन् । उनले बर्दिवासको राजनैतिकदल तथा सामाजिक क्षेत्रमा क्रियाशिल मान्छेहरु बिभिन्न पार्टीभित्र रहेपनी आर्थिक अनियमिततामा उनिहरु एकजुट हुने गरेको बताएका छन्।
महतो प्यानलको चुनाबी प्रतिबद्धतापत्रमा उनको प्यानल निर्वाचनमा बिजयी भए कुनै प्रभाब र प्रलोभनमा नफसी आम उपभोक्ताको हितकोलागीमात्र काम गर्ने जनाएका छन्।
सो प्यानल बिजयी भए बर्षा याममा समेत फिल्टराईजेसन सहितको शुद्ध खानेपानीको ब्यवस्थागर्ने, नयाँ खानेपानी मुहानको खोजी गरी खानेपानीको समस्यालाई दिर्घकालिन रुपमै समाधान गरीने धारामा सेन्सर जडान गरीने रातु नदीको सिपेज पानीलाई बर्दिवासवासीको घर,घरमा पुर्याईने पानीको महसुललाई घटाएर ५० रुपँैया कायम गरीने पुरीएको सडक छेउको नालाको जिर्ण उद्धार गरीने शौचालयको उचित ब्यवस्थापन लगायको बिषय प्रतिबद्धतापत्रमा समेटिएकोे पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ।




