
महोत्तरी । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । जारी मतगणना अन्तर्गत महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ ।
महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमाहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको वेला उनलाई एमालेका लक्ष्मी महतोले पछि पारेका छन् ।
अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाएका छन भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहेका छन् । गौशालाको नगरपालिकाको वडा न। १ र २ को मतगणना सकिँदा पोखरेल ६४९ मतान्तरले पछाडि परेका छन ।