
महोत्तरी। सर्लाही क्षेत्र नम्बर ४ मा माछा छापका स्वतन्त्र उम्मेदवर अमरेशकुमार सिंहले ६ हजार ८ सय २२ मतसहित अग्रता बढाइरहेका छन् ।
उनलाई ५ हजर ९ सय ९५ मतसहित सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेन्द्रकुमार रायले पछ्याइरहेका रहेका छन् । त्यस्तै,चपाकल छापकी अर्की स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले ४ हजार ५ सय ६० मत मतसहित तेस्रो स्थानमा रहेकी छन्।