
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट- १ बाट निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई ६ हजार ६०० मतको अन्तरले पराजित गरे ।
३३ हजार पाँच सय २२ मत ल्याएर नेपाल विजयी भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ताले २६ हजार ९ सय २२ मत पाए ।
जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याएका छन्। नेपाल अघिल्लो चुनावमा काठमाडौं २ बाट निर्वाचित भएका थिए ।