
सर्लाही । सर्लाहीको क्षेत्र नम्बर ४ प्रदेश सभा (२) मा नेकपा (माओवादी केन्द्र)का फकिरा महतो विजयी भएका छन् । महतोले ८ हजार ३३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी (बागी) उम्मेद्वार अनिता देवीले ७ हजार ६ सय ७६ मत प्राप्त गरेकी मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
यो सहित जिल्लामा ५ जना प्रदेश सभा सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
यसअघि जिल्लाको क्षेत्र नम्बर १ प्रदेश सभा (१) र (२), जिल्लाको क्षेत्र नम्बर ३ को (२), क्षेत्र नम्बर ४ को (१( मा क्रमस नेकपा (एकीकृत समाजवादी) पार्टीकी बेची लुंगेली, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपेन्द्र महतो, जसपाका सञ्जय कुमार यादव र नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह विजयी भइसकेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
बाँकी रहेका सर्लाहीका ३ वटा प्रदेश सभाको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ ।