
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहकार्यको विषयमा छलफल भएको छ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी पार्टी नेकपा विभाजन भएपछि दुईबीच पहिलो पटक कुराकानी भएको हो।
ओलीले टेलिफोन गर्दै सहकार्य गरेर जाने सम्भावनाबारे जिज्ञासा राखेका जनाइएको छ।
गोरखा २ बाट चुनाव जितेका प्रचण्डलाई बधाई दिनका लागि ओलीले गरेको टेलिफोनका क्रममा उनले पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरेका प्रचण्डको सचिवालय सचिव रमेश मल्लले बताए।
२०७७ माघपछि तत्कालीन नेकपाको विभाजनपछि दुवै नेताहरू तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको थियो। गत फागुनमा संसदमा एमसीसी विवादको क्रममा समेत दुईनेताबीच भेट भएको थियो। ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत फेन गरेर चुनाव जितेकोमा बधाई दिएका छन्।
यता देउवाले अध्यक्ष दाहाललाई पनि टेलिफोन गरेर बधाई दिएका छन्।
नेकपा विभाजनपछि दुई अध्यक्षहरुबीच दोहोरो संवाद भएको थिएन। चुनावको मुखमा दुवैले एकअर्काविरुद्ध वाक्युद्ध तीव्र पारेका थिए। चुनावी परिणाम आइरहँदा दुईबीचको सम्पर्कलाई अर्थपूर्ण रूपमा हेरिएको छ।