महोत्तरी – प्रदेशसभा अन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नं- ४ (क) बाट नेकपा एमालेका उम्मेदवार तथा नेकपा एमाले पार्टीका जिल्ला इन्चार्ज एबम केन्द्रीय सदस्य समेत रहेका सरोज यादव निर्वाचित भएका छन् ।
क्षेत्र नं- ४ का निर्वाचन अधिकृत तर्क राज खनालले दिएको जानकारीअनुसार निर्वाचित यादवले १० हजार ५ सय ३१ मत प्राप्त गरी निर्वाचित भएका हुन्।



यादवका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार कौशल यादवले ८ हजार ६ सय ७२ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका उम्मेदवार राम स्नेही यादवले ६ हजार ३ सय ६२ मत प्राप्त गरे ।




