
जनकपुरधाम- धनुषा-४ मा नेपाली कांग्रेसका महेन्द्र यादवको अग्रता कायम रहेको छ भने नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ पछि पर्दै गएका छन् ।
यस क्षेत्रको जारी मतगणनामा कहिले यादव अगाडि कहिले महासेठ भइरहेको अवस्था छ । यहाँको अन्तिम परिणामको लागि मतदाताहरु व्यग्र प्रतिक्षामा छन् ।
अहिले यादवले १५ हजार ७२१ मत ल्याँउदा महासेठले १४ हजार २३३ मत ल्याएका छन् ।
महासेठ भन्दा यादव १ हजार ४८८ मतले अगाडि रहेका छन्।
यतिबेला जनकपुर १३, २१, ९ , १४, १९, २२ र मिथिला विहारी नगरपालिकाको ६,७,२,८, ९, १०, क्षीरेश्वरनाथ १०, लक्ष्मीनिया गाउँपालिकाको १,२,३,४,५, ६ र ७ मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत दंगालले जानकारी दिए ।