
महोत्तरी : एमालेका लक्ष्मी महतोले माओवादीका गिरिराजमणिसँग मतान्तर घटाए महोत्तरी- १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरीले नेकपा माओवादीका गिरिराजमणि पोखरेलसँगको मतान्तर घटाएका छन्।
पोखरेलले अग्रता लिइरहेको क्षेत्रमा कोइरीले मतान्तर घटाएर ५०५ मा झारेका छन् । पछिल्लो मत परिणाम अनुसार पोखरेलको पक्षमा २०४३७ मत रहेको छ भने कोइरीको पक्षमा १९९३२ मत छ ।
यसअघि पोखरेलले १२ सय मतले अग्रता लिइरहेका थिए । ६५ हजार ४४० मतमध्ये अहिलेसम्म ५५ हजार ७३४ मत गणना भइसकेको छ।