
जनकपुरधाम- धनुषा-१ मा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी भएका छन्। कार्की माओवादीका मातृकाप्रसाद यादवलाई झन्डै ६ हजार मतान्तरले हराउँदै विजयी भएका हुन् ।
कार्कीले २७ हजार ४ सय ३१ मत पाउँदा यादवले २१ हजार ४ सय ८३ मतमात्र पाए । उनीहरूको मतान्तर ५ हजार ९ सय ४८ रहेको छ।
जनमत पार्टीका किशोरी साहले १४ हजार ४ सय ६८ मतसहित तेस्रो स्थान पाए ।