
धनुषा- मंसिर ४ गते सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी छ । मतगणनाको सुरुवात ढिलो भई सुस्त गतिमा भई रहेकाले मतगणनाले गर्दा मतपरिणाम समेत ढिलो आइ रहेको छ ।
यसैविच, धनुषाको क्षेत्र नं. ४ मा पाँच दलिय गठबन्धनको तर्फबाट काग्रेसका सहमहामन्त्रि पूर्वमन्त्रि महेन्द्र यादव र नेकपा एमालेका केन्द्रिय सचिव, पूर्व मन्त्रि रघुविर महासेठविच कडा प्रतिस्पर्धा देखिएको छ । एकअर्कालाई अगाडी पछाडि गर्दै मतगणनाको बढ्दो रफतारसंगै दुई प्रतिस्पर्धीविच रोचक प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो चरणमा पाँच दलिय गठबन्धनको तर्फबाट नेपाली काग्रेसका उम्मेदवार दुई हजारको फराकिलो मतान्तर दिएपछि अहिले सो मतान्तरलाई नेकपा एमालेका उम्मेदवार रघुविर महासेठले घटाउँदै एक हजारमा झारेको छ । अहिले दुवै प्रतिस्पर्धीमध्ये कसले बाजी मार्ला भन्ने प्रश्न आम मतदाताले आकलन गरेपछि सियोर हुन सकि रहेको छैन् ।
नेकपा एमालेका उम्मेदवारहरुले बटेश्वर गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका र मिथिलानगरपालिकामा पाँच दलिय गठबन्धन भन्दा बढी मत ल्याई जित हात पार्ने दावि गर्दै आएको छ । पाँच दलिय गठबन्धनका नेताहरुले समेत मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको स्थानिय सरकारमा काग्रेसको प्रमुखसहितको बर्चस्व रहेकाले आफुहरुको जित सुनिश्चित रहेको दावि गर्दै आएको छ ।
महोत्तरीको क्षेत्र नं. १ मा पाँच दलिय गठबन्धनका तर्फबाट नेकपा माओवादीका सहमहासचिव एवम् पूर्वमन्त्रि गिरिराजमणि पोखरेल र नेकपा एमालेका नेता लक्ष्मी महतोविचमा रोचक प्रतिस्पर्धा भई रहेको छ । एक अर्कालाई अगाडी पछाडि गर्दै उम्मेदवारहरु मतगणनालाई अगाडी बढाउँदै गएको छ ।
मतगणनाको सुरुवाती अवस्थादेखि नेकपा एमालेका उम्मेदवारले अग्रता लिएको भएपनि पछिल्लो पटक निकै तलमाथिको आंकडा हुदै पछिल्लो चरणमा एक हजार भन्दा बढी मतान्तरले नेकपा माओवादीका उम्मेदवार गिरिराजमणि पोखरेल अगाडी बढि रहेका छन् । भंगहा नगरपालिकाको वडा नं. ६ देखि १४ र बर्दिवासको केही वडा अझै मतगणना हुन बाँकी छ ।
कडा प्रतिस्पर्धाका विच नेकपा माओवादीका उम्मेदवारले जित हात पार्ने नेताहरुले दावि गर्दै आएको छ । यता, नेकपा एमालेले समेत जित आफुहरुको पक्षमा रहेको दावि गर्दै आएको छ ।
महोत्तरी क्षेत्र १ मा कडा प्रतिस्पर्धा देखिएकाले तत्कालै कुन उम्मेदवारले जित हासिल गर्ने आंकलन नभएपछि नेकपा माओवादीका उम्मेदवारले जित्ने प्रवल सम्भावना रहेको आम मतदाताहरुले बताउने गरेको छ ।