महोत्तरी - महोत्तरीबाट चुनाव जितेका नवनिर्वाचित महेन्द्र राय यादवलाई पुर्व मेयरले १०१ किलोको मालाले स्वागत गरेका छन्।
महेन्द्रलाई औरही नगरपालिकाको पूर्व मेयर सुनिल कुमार यादवले १०१ किलोको माला लगाएर स्वागत गरेका हुन्।
गत मङ्सिर ४ मा भएको निर्वाचनमा महेन्द्र राय यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
नेपाली कांग्रेस पूर्व सभापति एवं नेपाली कांग्रेसका नेता रहेका उनले पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन्।








