
धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईद-उल-फित्र (रमजान)को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री सचिवालयद्वारा जारी गरिएको शुभकामना सन्देशमा रमजानमा एक महिनाको कठोर व्रतपछि मनाइने महान पर्व ईद-उल- फित्रको उपलक्ष्यमा मधेश प्रदेश सहित देशका सम्पूणर् मुस्लिम दाजुभाई,दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको उल्लेख गरिएको छ।
प्रेम र भाईचाराको प्रतीक यो अनुकरणीय पर्व ईद मनाइराख्दा हरेक चाहना पूरा होस्, हरेक दुआ कबूल होस्, परिवारमा सुख, शान्ति, खुशियाली छाओस्, भातृत्व र सद्भाव बढाउने यो पर्वले समृद्धिको थप बाटो खोलोस् भन्ने शुभकामना सन्देश दिँदै ईद मुबारक व्यक्त गर्नुभएको छ।