
जनकपुरधाम - नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादव नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ संग अग्रता कायम राखेको छ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा सुरुदेखि नै एमालेका महासेठले अग्रता बनाईरहेको भए पनि बीचमा कांग्रेसका यादवसँग फराकिलो अन्तरमा पछि परेका थिए । त्यस पछि महासेठले बटेश्वर गाउँपालिकाको मतगणना सकिँदा ३४ मतले अघि बढेका थिए भने अहिले मिथिला नगरपालिकाको वडा नंं. १, २, ३,५,६र७ सम्पन्न मतगणना र ८ को जारी मतगणनाबाट यादव पुनः कम ब्याक गर्दै बढाएको मतान्तर कायम राख्न सफल भएका छन् ।
अहिले यादव ७२७ मतले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार यादवको पक्षमा २९३३७ मत रहेको छ भने महासेठको पक्षमा २८६०९ मत छ ।
अब मिथिला नगरपालिकामा १० वडा रहेको मतदान अधिकृत सुदिप दंगालले जानकारी दिनुभयो। यहाँ १० वडाका १९ हजार ९०१ मतदान भएको छ। जसमध्ये अहिले वडा १, २, ३,५,६र७ को मतगणना सम्पन्न भईसकेको छ भने ८ को मतगणना जारी रहेको छ।