बर्दिबास - महोत्तरीको चार वटा निर्वाचन क्षेत्रमा ३ वटा गठबन्धन र एक क्षेत्रमा एमाले विजयी भएकाे छ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका लक्ष्मी महतो विजयी भएकाे छ। उनले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्न सफल भए ।
क्षेत्र नम्बर २ र ३ मा लोसपा र ४ मा काँग्रेस विजयी भएको छ । क्षेत्र नम्बर २ मा सरदसिंह भण्डारी र ३ मा महन्थ ठाकुर विजयी भएका छन् भने क्षेत्र नं ४ मा काँग्रेसका महेन्द्रकुमार राय यादव निर्वाचित भएका छन् ।