
जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन्।
नेकपा एसका शत्रुधन महतोलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा हरिनारायण विजयी भएका हुन्। ०६४ देखिका सबै निर्वाचन जित्दै आएका शत्रुधन महतो यसपटक भने पराजित भएका छन्।
हरिनारायणले १७ हजार ३०२ मत प्राप्त गर्दा शत्रुधनले १५ हजार ९६० मत प्राप्त गर्नुभएको छ।
मतगणनाको सुरु देखि नै अग्रता बनाउँदै हरिनारायणले १ हजार ३४२ मतान्तरले विजयी भएका हुन् ।