जनकपुरधााम- सर्लाहीको दक्षिणी भेगस्थित कौडेनाका एक परिवारले काठमाण्डौंदेखि बुहारी भित्र्याउन हेलिकप्टर चार्टर गरेका छन् ।
कौडेना गाउँपालिका ५ को छपकैया गाउँका गणेश रायका छोरा रवीले प्रेमी श्रेयालाई काठमाडौंमै विवाह गरी त्यहाँबाट हेलिकप्टरमा गाउँ ल्याएका हुन् ।
७ वर्ष न्यूजिल्याण्डमा बस्नुभएका रवीले सोमबार दिउँसो श्रेयालाई सिम्रिक एयरको हेलिकप्टरबाट कौडेना बजारमा ल्याण्ड गरेका कौडेनाका स्थानीय युवा धिरोज यादवले जानकारी दिए ।
ललितपुरको इमाडोल निवासी श्रेयालाई हेलिकप्टरमा हालेर घरसम्म ल्याएपछि कौडेना बजारमा हेलिकप्टर ल्याण्ड गर्दा हेर्ने स्थानीयको भीड लागेको थियो ।