
एसियाली खेलकुद अन्तर्गत नेपालसँगको क्रिकेटमा भारतले उत्कृष्ट प्रदर्शन गरेको छ ।
चीनको हान्झाउमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ९ ओभर एक बलमै सय रन बनाएको छ । भारतक यशश्वी जयसवालले विष्फोटक ब्याटिङ गरेका छन् । यो समाचार तयार पार्दासम्म उनले ३४ बलमा ७२ रन बनाएका छन् ।
अन्तर्राष्ट्रिय टी–२० मा पहिलोपटक नेपाल र भारत आमने-सामने हुँदैछन्। विश्वकपको कारण भारतले आफ्नो दोस्रो रोजाइको टोली पठाएको छ।
तर भारतले दोस्रो रोजाईको भनेर पठाएको टोली स्टार खेलाडीले भरिएको छ । भारतीय टिममा रहेका सबै खेलाडीले इन्डियन प्रिमियर लिग आईपीएल खेलिरहेका छन् भने धेरै खेलाडीले राष्ट्रिय टोलीमा स्थान पाएका छन् ।