
महोत्तरी । मटिहानी नगरपालिकाले गर्भवती महिलालाई सरसफाइ सामग्री वितरण गरेको छ।
स्वास्थ्य चौकीमा प्रोटोकल अनुसार ८ पटक जाँच गराउन प्रोत्साहित गर्ने उद्देश्यले सरसफाई सामग्री साबुन वितरण कार्यक्रम ल्याएको बताईएकाेछ।
नगरपालिका अन्तर्गतका चार वटा स्वास्थ्य चौकीबाट प्रोटोकल अनुसार ८ पटक जाँच गराएमा प्रत्येक पटक प्रोत्साहन स्वरूप १(एक) वटा लुगा धुने साबुन दिने कुरा नगर स्वास्थ्यका संयोजक पवन मंडलले बताउनु भयो ।
यसै बिच एक कार्यक्रमबीच गर्भवतीलाई लुगा धुने साबुन वितरण गर्नको लागि स्वास्थ्य चौकी प्रमुखहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले हस्तान्तरण गर्नुभयो ।





