
नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बजारमा घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
धनुषाको वीरेन्द्रबजार घरभई हाल नवलपुरस्थित सञ्जय साहको घरमा डेरा गरेर बस्ने ५० वर्षीय भरत लामाको छतबाट खसेर मृत्यु भएको हो । मंगलबार साँझ घरको दोस्रो तलबाट खसेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा राति नमूना अस्पताल हरिवनमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
कोठाको चाबी हराएपछि खोजी गर्ने क्रममा लामा साँझ ७ः३० बजेतिर अचानक छतबाट खसेका प्रत्यक्षदर्शीले बताएका छन् । उनी वैदेशिक रोजगारीबाट दुई साताअघि मात्रै घर फर्किएका थिए ।
नमूना अस्पताल हरिवनमा रहेको मृतक लामाको शव पोष्टमार्टमका लागि अहिले बिहान प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको प्रहरीले जनायो ।