
महोत्तरी – श्री महावीर युवा कल्ब कमिटी,पिस जोन ई.बो.स्कुल,समुदायक प्रहरी साझेदारी लगायत युवाहरूको हात–हातमा कुचो छ । गाउ,टोल र बजार सडकको छेउछाउमा र भएका कागज टिप्नेदेखि धुँलो बढार्दा व्यापारीहरू र गाउलेहरु भने दर्शक बनिरहेका छन् ।
पछिपछि एक हुल युवायुवती र बिधार्थीहरु सँगै छन् । उनीहरू पनि युवा कल्बका युवा,स्कूलका बिधार्थी लगाएत प्रहरीको साथमा कुचो लगाउँदै र फोहोर टिपेर डस्टविनमा हालिरहेका छन् । यतिबेलासम्म बिहानको ७ बजिसकेको छ । कठ्याङग्रीदो जाडोमा एकाबिहानै फोहोर उठाउँदै युवा कल्बका युवा र स्कुलका बिधार्थी,प्रहरी युवायुवती के गर्दै छन् । यो दृश्य देखेपछि जो कोहीमा यस्तै प्रश्न उठ्नु स्वभाविकै हो ।

कतै सिनेमाको सुटिङ त भइरहेको छैन, कि कुनै पार्टीले आफ्नो प्रचारप्रसार गरीररहेको छ रु तर, यो न त सुटिङ हो न कुनै प्रचारप्रसार नै । औरही नगरपालिकामा पछिल्लो दुई सातादेखि सरसफाई अभियानमा श्री महावीर युवा कल्ब,पिस जोन ई.बो.स्कुल,समुदायक प्रहरी साझेदारी र स्थानीय युवायुवती यसरी नै लागि रहेका छन् । "घर, टोलटोल,गाउँ,नगर, सफा राखौं, आफु स्वस्थ बनौं" भन्ने नाराका साथ श्री महावीर युवा कल्ब कमिटीसँग पिस जोन ई.बो.स्कुल,समुदायक प्रहरी साझेदारी गरी सरसफाई अभियान चलाइरहेको छ ।

श्री महावीर युवा कल्ब कमिटी,पिस जोन ई.बो.स्कुल,समुदायक प्रहरी साझेदारीको संयुक्त आयोजनामा संचालित सरसफाई महाअभियानमा स्थानीय संघ, संस्थाले समेत ऐक्यबद्धता जनाएका छन् । सफा र स्वच्छ वातावरण निर्माणका लागि औरही नगरभित्रका बासिन्दालाई महाअभियानमा सहभागी गराउने उदेश्यले अभियान चलाएको आयोजकको भनाइ छ ।
‘व्यक्ति तथा सम्बन्धित निकायको वेवास्ताले बजार,गाउ र नगर कुरुप बन्दै गएपछि सरसफाई अभियानमा युवाहरू परिचालन गरेका छौँ ।’ श्री महावीर युवा कल्ब कमिटीका सभापति राम रत्न चौधरीले भने । पसलको अगाडि फोहोर फ्याँक्ने र दोष भने अरुलाई देखाउँने परिपाटीले औरहीमा पछिल्लो समय फोहोर देखिन थालेको छ । सरसफाई सबैले गर्नुपर्छ भन्ने जिम्मेवारीबोध गराउन क्लब र पिस जोन ई.बो.स्कुलले संचालन गरेको अभियानमा संघ, संस्था तथा सम्बन्धित निकायले पनि चासो देखाएका छन् ।

उक्त महाअभियानमा औरही उधोग बाणिज्य संघका अध्यक्ष श्रवन चौधरीले आफ्नो मेम्बर पठाएर बजार समेत सरसफाइप्रति संवेदनशील छ भन्ने सन्देश प्रवाह भएको छ । प्रारम्भिक अभियानदेखि नै औरही उधोग बाणिज्य संघले आफ्नो मेम्बर परिचालन गरेर अभियानमा साथ दिएको सरसफाई अभियन्ता र श्री महावीर युवा कल्ब कमिटीका उपाध्यक्षले बताए ।
(भिडियो हेर्नुस्)