
सोनमा - सोनमा गाउपालिकामा बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई मैत्रीपुर्ण अध्यापनको लागि स्थानिय तहको समावेसी शिक्षा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
सोनमा गाउपालिकाको कार्यपालिका समिती, विभिन्न शाखा प्रमुखहरुको सहभागीता रहेकाे अभिमुखिकरण कर्यक्रममा समावेशी शिक्षा सम्बन्धी व्यवस्थापन गरिएको तथ्याङक तथा सुचना सम्बन्धी छलफल र पालिका समावेशी ले समावेशी शिक्षा सम्बन्धी गरेको कार्यहरुको समीक्षा गरिएको थियो ।
त्यसैगरी पालिकाले शिक्षा समिती, विद्यार्थी लेखा जोखा समिती गठन गर्ने र परिचालन गर्ने सम्बन्धी छलफल समेत उक्त कार्यक्रममा भएको थियो ।

कार्यक्रममा शिक्षा संयोजक राजकुमार साहले सोनमा गाउपालिकाको शिक्षा सम्बधी विभिन्न तथ्याङकहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा सोनमा गाउपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव, उपाध्यक्ष जहिदा खातुन,प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद यादव, शिक्षा संयोजक राजकुमार साह, सहासयक शिक्षा संयोजक धर्मेन्द्र कुमार यादव, कार्यपालिका समिती सदस्यहरु विश्व शिक्षा बाट रिशु माया चौधरी, समाज बिकास केन्द्रका कार्यक्रम संयोजक बिनोद दास, आशिष् गुप्ता, सदरे आलमको उपस्थिती रहेको थियो।
समाज बिकास केन्द्र जलेश्वर को आयोजनमा भएको कार्यक्रममा युनिसेफ र विश्व शिक्षाको सहयोग रहेको थियो भने आयोजक सोनमा गाउपालिका कार्यालय रहेको थियो।