महाेत्तरी- बर्दिबास उद्योग बाणिज्य संघको आसन्न निर्वाचन कृष्णप्रसाद गौतमको प्यानल जिते व्यवसायीको हितका लागि ११ लाख बढीको अक्षयकोण स्थापना गर्ने सहितको लोकप्रिय १० बुँदे संकल्प पत्र सार्वजनिक गरेकाे छ।
आज पत्रकार सम्मेलनकाे आयाेजना गर्दै अध्यक्ष पदका उम्मेदवार गौतमले आफ्नो प्यालनले जिते व्यवसायीहरूमाथि पर्न सक्ने प्राकृतिक तथा मानवजन्य विपदमा तत्काल सम्बोधन गर्नकाे लागि व्यक्तिगत लगानीमा ११ लाख ११ हजार १ सय ११ रूपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
त्यसैगरि गाैतम प्यानलले बर्दिबासका व्यापारीको सेवा सुविधालाई सर्वसुलभ बनाउन घरेलु तथा साना उद्योग कार्यलयको बर्दिबासमा सेवा केन्द्र स्थापनाका लागि सरकारसंग पहल गरिने र बर्दिबास उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीहरूको उपचार सुविधाका लागि यश क्षेत्रमा संचालित नीजि अस्पतालहरूमा २० प्रतिशत सम्म छुट दिईने जनाएको छ।
गौतमले बर्दिबास बजार एंवम व्यवसायीको सुरक्षाका लागि सीसी क्यामेरा मर्मत तथा जडानगरि सुरक्षा व्यवस्था चुस्त बनाउन पहल गरिने, घरभाडालाई सहज, व्यवहारिक र वैज्ञानिक बनाउन व्यापारी र घरधनीबीच समन्वयको पहल गरिने समेत जनाए ।
बर्दिबास नगरकाे फोहोरमैला व्यवस्थापन, सवारी पार्किङ, जेब्राक्रसिङ्ग, बजार सैन्दर्यीकरण जस्ता जल्दाबल्दा समस्या समाधानकालागि सम्बन्धित निकायसंग पहल गरिने लगायत व्यापार व्यवसायमा देखिएका कर प्रणाली, चर्को व्याजदर जस्ता टड्कारो समस्यालाई निकास दिन उद्योग वाणिज्य महांसघ, वित्तीय एवम् सेवा प्रदायक संघ सस्थाहरूसंग समन्वय, सहकार्य गर्दै दबाब मूलक कार्यक्रम अघि बढाइने, व्यापारी व्यवसायीहरूको दक्षता अभिबृद्विकालागि सीपमूलक तालिम, सेमिनार, गोष्ठी भ्रमण जस्ता कार्यक्रम सन्चांलनमा ल्याइने, बर्दिबास नगरक्षेत्रमा पर्न सक्ने प्रकोपजन्य घटना बर्दिबास उद्योग वाणिज्य संघले प्रकोप पीडित परिवारलाई राहतस्वरूप प्याकेजमा खाद्यान्य उपलब्ध गराउने तर्फ आवश्यक कदम चाल्नेछ र बर्दिबासको पर्यटन प्रवर्द्वनका लागि होटल व्यवसायी संघको सहकार्यमा प्रत्येक वर्ष फुड फेष्टिभल आयोजना गरिने संकल्प प्रस्ताव सार्वजनिक गरेको छ।