काठमाडौँ – पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पूर्वकांग्रेस नेता अमरेशकुमार सिंहले राजनीतिक दल खोल्ने तयारी गरेका छन्।
सिंहले एमाले त्याग्दै सर्लाही ४ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साह र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीसँग मलेर नयाँ दल खोल्ने बिषयमा छलफल थालेका हुन्।
उनले देशसञ्चारसँग कुरा गर्दै नयाँ राजनीतिक दल खोल्ने बिषयमा छलफलको सुरुवात भएको जानकारी दिए।
सिंहले मुलुकमा वैकल्पिक राजनीतिको सुरुवातको लागि नयाँ दलको आवश्यकता परेको उल्लेख गरेका छन्। उनले भने, ‘दलीय राजनीतिको सिन्डीकेड तोड्न बैकल्पिक राजनीतिको सुरुवात गर्नुपर्ने देखिएकाले प्रभु साह र रेशम चौधरी लगायतसँग छलफल सुरु गरेको हो।’