
जनकपुरधाम । धनुषा–४ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव सर्वोच्च अदालत पुगेका छन् ।
धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै यादवले पुन: मतगणनाको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
उक्त रिट निवेदनमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।
सो क्षेत्रमा यादव नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठसँग १२४ मतान्तरले पराजित भएका थिए । महासेठ ३२ हजार २३६ मत सहित विजयी हुँदा यादवले ३२ हजार ११२ मत पाएका थिए ।
