जनकपुरधाम- सिरहामा एक महिलालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा दुई युवकलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा मिर्चैया २ मल्हनिया टोल बस्ने २० वर्षीय राजकुमार महत्तो कोईरी र सोही नगरपालिकाको वडा १ मा बस्ने २० वर्षीय नितेश कुमार रजक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।



पक्राउ परेका युवकहरु सिरहा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले मंगलबार दिउँसो कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जंगलमा घाँस काटन गएकी मिर्चैया नगरपालिका २ मल्हनिया पिडारी टोल बस्ने २६ वर्षीया लक्ष्मिनिया देवी कापरको हत्या फरार भएका थिए ।

महिलाको घाँटी तथा पेटमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी उनिहरु फरार भएका थिए ।
फरार भएका प्रतिवादीहरुलाई मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटेको तालिम प्राप्त कुकुर सहितको टोलीको सहयोगमा वारदातमा प्रयोग भएको खुकुरी सहित दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जनाए।




