जनकपुरधाम- निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेको छ ।
मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेश गरिएको हो ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको तर्फबाट निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले प्रदेश प्रमुख मिश्रसमक्ष पेश गरेका हुन् ।
मधेस प्रदेशसभातर्फ प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ गरी १०७ जना निर्वाचित भएका छन् । आयोगले प्रतिवेदन बुझाएपछि यस प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ ।
आयोगले यसअघि प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतलाई बुझाइसकेको छ ।