विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना विरुद्व दोस्रो हाफमा फ्रान्सले दुई गोल फर्काउँदै खेल २-२ गोलको बराबरी गरेको छ।
केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका हुन्। उनले पेनाल्टीमार्फत ८० औ मिनेटमा पहिलो गोल गर्दा ८१ औ मिनेटमा थुर्मानको क्रसलाई गोलमा परिणत गर्दै खेललाई २-२ गोलको अवस्थामा ल्याएका हुन्।
त्यसअघि पहिलो हाफमानै २-० को अग्रता बनाउने क्रममा अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसी र फर्वाड एञ्जल डि मारियाले गोल गरेका थिए।





