
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्बाट विश्वासको मत पाएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम ‘विश्वासको मत पाउँ’ भनेर प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावको पक्षमा १७२ मत पर्यो भने प्रस्तावको विपक्षमा ८९ जना सांसदहरू उभिए ।
यस्तै तटस्थमा १ जना सांसद उभिए भने १० जना अनुपस्थित रहेका । प्रधानमन्त्री प्रचण्डलाई एमाले र राप्रपाबाहेकका दलहरूले मत हाले भने नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल तटस्थ रहे ।
उनलाई मत दिने दलहरूमा माओवादी केन्द्रसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र, जनता समाजवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टी छन् ।
पुस २६ गते ९९ प्रतिशत मत पाएका प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएसँगै पुन: विश्वासको मत लिएका हुन् ।