
सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए ।
चार महिनाअघि धारे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएको थियो । विवाह पश्चात दुवैजना क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।प्रहरी निरीक्षक कार्कीका अनुसार सोमबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्ऽनगर डेरामा जाँदै थिए ।
ज५प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितलाई लिएर हिँडेका राधे बिहानी ससुराली घरबाट करिब डेढ किलोमिटरको दूरीमा मृत भेटिएका थिए ।मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घाइते भएकी अस्मितलाई भने अर्को मोटरसाइकलमा रहेका तीनजना साथीले मातइतीमा पुर्याइदिएका थिए ।
माइत पक्षले अस्मितालाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्याएर भर्ना गरेका थिए । ‘माइतमा अस्मितलाई घाइते अवस्थामा छाडेर साथीहरु भागे । श्रीमान् राधेले नै अस्मितालाई मरासन्न हुने गरी कुटपिट गरेर भागेको अनुमानसहित घरपरिवारले हामीलाई खबर गरेपछि रातभर हामीले खोजबिन गयार्ंै । बिहान त राधे नै गहुँ खेतमा मृत भेटियो,’ प्रहरी निरीक्षक कार्कीले भने ।
मृत भेटिएको ठाउँमा त्यहाँ मोटरसाइकल दुर्घटना भएको जस्तो देखिएको थियो । तर, दुर्घनामा परेको मोटरसाइकल लिएर सँगै पुगेका युवकहरु अस्मितालाई माइत पुर्याएर भागेको पाइएको छ ।प्रहरीले भागेका तीनैजना युवकलाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
राधेले चलाउँदा दुर्घटना भएको मोटरसाइकल भने अन्य साथीको रहेको खुलेको छ ।राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक कार्कीले बताए ।-अनलाइन
यो पनि पढ्नुहोस :