
बिशाल बस्नेत,महोत्तरी - युएनडिपीको आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको प्राविधिक सहयोगमा वनेका ५ वटा परियोजनाको अनुगमन भएको छ ।
स्थानिय सरकारका प्रतिनिधि, युएनडिपि र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका प्रतिनिधिहरुको सहभागीतामा आइतबार अनुगमन भएको हो ।
महोत्तरीको बर्दिबास, गौशाला र भंगाहा, धनुषाको मिथिला र बटेस्वरमा संचालनरत दुई दर्जनभन्दा बढी परियोजनाहरु अहिले सन्चालनरत छन ।
नदिका तटिय क्षेत्रमा क्षतीग्रस्त भुमी पुनरोत्थानको लागी विशेषगरी युएनडिपीले करौडौ लगानी गरिरहेको छ ।

गौशालाको कुस्मारी टोल, गौशाला कै जलिलरोल, भङगाहा र बर्दिबासमा यस्ता पकृतिका परियोजनाहरु संचालनरत छन ।
स्थानिय सरकारसँग साझेदारी गरेर भुमिहिन, गिरिव र विपन्न समुदायको जिवनस्तर उकास्न कार्ययोजना अगाडि बढाइरहेका यस्ता परियोजनाहरुका धमाधम नतिजा समेत देखिन थालेका छन ।
आइतबार एक कार्यक्रमका विच गौशाला र बर्दिबास नगरपालिकाका जनप्रतिनिधिहरुले जन्ताको प्रत्यक्ष जिवनस्तर उकास्न युएनडिपी र सामुदायिक विकास तथा पैरवी मंचले खेलेको भुमिकाप्रती खुसी ब्यक्त गरे ।
सिमित स्रोत साधनले अधिकतम काम गर्नुपर्ने बाध्यतामा यस्ता संस्थाहरु नगरको विकासमा महत्त्वपूर्ण कोशेढुङगा सावित भएको बर्दिबासका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए ।
यस्तै वडा न.३ का वडा अध्यक्ष बिराट बिष्ट, वडा न.५ का वडा वडा अध्यक्ष काहारमान स्याङवा र वडा न.१० का वडा अध्यक्ष पुर्ण वहादुर मोक्तानले आफ्ना क्षेत्रमा संचालनरत परियोजनाप्रती खुसी ब्यक्त गर्दै थप कार्यक्रमको अपेक्षा गरेको वताए ।
गौशाला नगरपालिका कि उपनगरप्रमुख रेणु कुमारी महतोले पनि जन्ताको जिवनस्तर उकास्न सुन्दर भुमिका खेलेको भन्दै आबस्यक सहयोग गर्न स्थानिय सरकार सधै प्रतिबद्ध रहेको वताइन ।
आइतवार बर्दिबास-३ स्थित कालापानीमा रहेको जैविक विविधता संरक्षण पोखरी, बर्दिबास-५ सनिपेटीमा रहेको जैविक विविधता पोखरी, बर्दिबास-१० मा रहेको भुमिगत सिचाइ कार्यक्रम, गौशाला-८ मा रहेको क्षतिग्रस्त भुमी पुनरोत्थान फलफूल रोपन परियोजना, गौशाला -१० मा रहेको यस्तै परियोजनाको अवोलोकन गरिएको थियो ।
युएनडिपीले बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा मात्र १ करोड ७९ लाख भन्दा बढी परियोजनामा लगानी गरेको छ ।