ढल्कवेर, धनुषा- धनुषामा विंङ्गरले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् ।
धनुषाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्डमा पर्ने सवैला नगरपालिका- १० सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विंङ्गरले ज.११ प.५४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बुधबार सांझ करिब ७ बजे भएको सो दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृतक र घाइतेको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोस्टमार्टम र घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको खरिहानी प्रहरीचौकीले जनाएको छ ।