
महोत्तरीको गौशाला नगरपालिकामा अनुगमन विना नै ठेक्केदार तथा उपभोक्ता समितिलाई रकम भुक्तानी गर्ने गरेको पाइएको छ ।
उपप्रमुखको अनुगमन विना नै नगरप्रमुखको निर्देशनमा उक्त रकम भुक्तानी हुने गरेको पाइएको हो ।
उपप्रमुखले हस्ताक्षर गर्न अस्विकार गरेको झन्डै १२ वटा फाइललाइ सदर गरी रकम भुक्तानी भएको देखिएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार कुनैपनि स्थानीय तहको उपप्रमुखले अनुगमन गरेर कार्यसम्पादन भएको हस्ताक्षर नगरेसम्म रकम भुक्तानी दिन नपाइने व्यवस्था छ तर उपप्रमुखले अनुगमनका क्रममा चित्त नबुझेका १२ वटा फाइल कसरि सदर गरियो भन्ने यतिवेला नगरपालिकामाथी गम्भीर प्रश्न वनेको छ ।
उपप्रमुख रेणु कुमारी महतोले पनि यो बिषयमा अचम्ममा परेको वताइन । 'कतिपय ठाउँमा मलाइ चित्त नबुझेपछि मैले भुक्तानी रोक्न कर्माचारीलाइ निर्देशन दिएको थिए तर कर्मचारीहरुले कसरी रकम भुक्तानी गरे सोचनीय विषय वनेको छ ।' उनले भनिन ।
गुणस्तरहिन काम गरेका ठेक्केदार तथा उपभोक्ता समितिहरुको फाइलहरु रोक्न भन्दा पनि रकम भुक्तानी गर्नु नगरवासीको लागी अन्याय भएको वताउदै उपप्रमुख महतोले यस्तै बिषयमा अहिले नगरमा लडाई लडिरहेको वताइन ।
बेथिति गर्ने कर्मचारीलाई पटकपटक सचेत गराउदा पनि त्यसको पुनरावृति भईरहेको उपप्रमुख महतोको गुनासो छ । फाइल चेकजाँच गर्ने कोसिस गर्दा अहिले कर्मचारीले हातपात गरेको आरोप लगाउदै सेवाग्राहीको काम नै ठप्प वनाएको उन्ले वताइन ।
नगरपालिकाका कर्मचारी दिपेन्द्र यादवमाथी उपप्रमुख महतोले हातपात गरेको आरोप लगाउदै अहिले नगरका सम्पूर्ण कामकाज कर्मचारीले ठप्प वनाएका छन । फाइल चेकजाँच गर्न खोज्दा कर्मचारीले नदिएपछि फाइल नियन्त्रण लिने प्रयास गरिएको तर हातपात नगरेको उपप्रमुख महतोले दावी गरेतापनि कर्मचारीहरुले हातपात र दुर्व्यवहार नै गरेको आरोप लगाएका छन ।
उपप्रमुख महतोलाई कारवाही नभएसम्म कामकाज ठप्प वनाएर धर्नामा नै वसिरहने कर्मचारीहरुले वताएका छन । यता उपप्रमुख महतोले पैसाको वार्गेनिङ्ग गरिरहेको कर्मचारीको अडियो नै सार्वजनिक गरेकी छन ।
उपप्रमुख रेणु कुमारी महतोले र प्राविधिक शाखाका प्रमुख इन्जिनियर अजय यादवसँगको वार्तालापमा कसरी कमिशन लिने गरेको भन्ने बिषयमा देखिएको छ । नगरप्रमुख देखी प्रमुख प्रशासकीय अधिकृतसम्म कमिसन कसरि पुग्छ भन्ने बिषयमा उपप्रमुखसँग यादवले वताएका छन ।
तर यो अडियो आफ्नो नभएको उन्ले दावी गरेका छन उनले एक बिज्ञप्ति जारि गर्दै आफुलाई फसाउनका लागी नक्कल गरेर उक्त अडियो वनाइएको जिकिर गरेका छन ।