
अनु खनाल/बर्दिवास-
बर्दिबासमा केहिदिन यता बढेको चिसोमा बिपन्न परिवारका लागि न्यानो बाढ्न युवाहरु लागि परेका छन् । २०७९ जेष्ठ १५ गतेदेखि स्थानिय युवा रवि निरौलाको सम्योजनमा सुरुभएको "सबैको लागि हामी " नेपालले न्यानो अभियान अन्तर्गत बढ्दै गएको चिसोमा न्यानो वाड्न अघि सरेको हो । सबैका लागि हामी नेपालको न्यानो अभियान दोस्रो कदम भएको सम्योजक निरौलाले बताए । न्यानो अभियानमा बर्दिबासका युवाहरुको उत्साहजनक सहभागिता देखिएको समेत निरौलाको भनाई छ । बर्दिबासका युवा व्यवसायी , कर्मचारी , विद्यार्थी, समाजसेवी मनहरु सहयोगी हात बनेर यो सुकार्यमा सहभागी भएका छन । कसैले रकम त कसैले कपडा सहयोग गर्ने वचन बद्धता जनाएको सबैका लागि हामी नेपालका जेसुफ कुमार सिंहले जानकारी दिए । यस न्यानो अभियानमा जोडिएका व्यवसायी राजिव फुयालको सबै मिलेर हातेमालो गर्नु पर्ने बुझाई छ । मन वचन र कर्मले आ-आफ्नो क्षेत्रबाट गरेको सहयोग जोडिदा एउटा महत्त्वपूर्ण कार्यले पूर्णता पाउनेमा समाजसेवी निरज अधिकारी आशावादी छन् ।
सबैका लागि हामी नेपालले न्यानो अभियान अन्तर्गत २०७९ पौष ०९ गते शनिबार बिहान ११ बजे नयाँ न्यानो कपडा तथा सिरक,डसना संकलन गर्ने भएको छ । यस अभियानमा साथ दिन समेत सरोकारवालाहरुलाइ आग्रह गरेको छ । यसरी संकलन गरिएको न्यानो कपडा बर्दिबास नगर भित्रका अत्ति विपन्न घर परिवार लाई वितरण गरिने सम्जयोक निरौलाले जानकारी दिए । पहिलो चरणमा बर्दिबास नगरका ३,४,७,८,९,१२ र १४ वडामा वितरण हुने सबैका लागि हामी नेपालका युकेश जङ्ग ठकुरीले बताए । शनिबार संकलन गरिएका कपडाहरु आइतबार वितरण हुने व्यवसायी सन्जित लामाले जानकारी दिएका छन् ।
हाल सम्म ११००००/- एक लाख दस हजार रकम जम्मा भैसकेको सम्योजक निरौलाले जनाएका छन् ।
यसअघि सबैका लागि हामी नेपालले लागू पदार्थ दुर्व्यशन र न्यूनीकरणका विषयमा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्री सङ्ग अन्तक्रिया समेत गरेको थियो ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥
यहि भागवत गिता काे याे भाव वाट प्रेरित भएको भन्दै संयोजक रवि निरौलाले यो सुकर्मको यो यात्रा अविछिन्न रुपमा चलिरहने समेत बताएका छन् ।