औरही,महोत्तरी।औरही नगरपालिका १ औरही बजारस्थित रहेको जनता बचत तथा ऋण सहकारी संस्थाले आज आईतवार ११ औ वार्षिक सधारणसभा सम्पन्न गरेको छ ।
औरही नगरपालिका १ औरही बजारस्थित रहेको राधाकृष्ण पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच संस्थाले आफनो ११ औं बार्षिकसधारणसभा सम्पन्न गरेकाे हो । कार्यक्रमलाई सम्बाेधन गर्दै औरही नगरपालिकाका प्रमुख प्रदिप कुमार खड्काले सहकारीको माध्यमले ग्रामिण महिलाहरुले क्रमिक रुपमा वचतको शुरुवात हुनु राम्रो संकेत भएको बताए।





पहिलेको समयमा महिलाहरुले घरमै खुत्रुकेमा वचत गर्दै आएका महिलाहरुले यस्ता सहकारी संस्थाको माध्यमले समय परिवेशअनुसार परिवर्तन हुँदै आएपछि सहकारीमा बचत गर्नु महिला सशक्तीकरणकाे संकेत पनि भएकाे नगर प्रमुख खड्काले बताए ।
कार्यक्रममा औरही उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण चौधरीले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै यहि साउन महिना देखी नेपाल सरकारले लागु गरेको सहकारी नियमानुसार १६ प्रतिशत भन्दा बढि व्याज नलिन आग्रह गरे ।

अध्यक्ष चाैधरीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए । उनले संस्थाले आफ्ना सदस्यहरुलाई गोष्ठि र सेमिनार मार्फत सहकारी शिक्षा दिन संचालकलाई आग्रह गर्नुकाे साथै सहकारी संस्था पूर्णतया मुनाफा रहित संस्था भएकोले समाजका गरिव, विपन्न, असहायहरुको हकमा सहयोगीको भुमिका निर्वाह गर्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष मोतीलाल यादवले आर्थिक वर्ष ०७८/७९ को वार्षिक आयव्यय र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विभिन्न सहकारीकर्मी,राजनीतिकर्मी, नागरिक समाज, महिला,वुद्धिजिवी लगायत सर्वसधारणको सहभागीता रहेको थियो ।







