काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रीपरिषद गठन गरेका छन् । प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री बनेका छन् ।
प्रचण्डसँगै तीन उपप्रधानमन्त्री र चार मन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएका छन् । विष्णु पौडेल उपप्रधान र अर्थमन्त्री बनेका छन् ।



नारायणकाजी श्रेष्ठले उपप्रधानसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रवि लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । साह, भण्डारी र राई एमालेबाट र खान जनमत पार्टीबाट मन्त्री बनेका हुन् । उनीहरूको मन्त्रालय तोकिएको छैन ।





