
महोत्तरी- मटिहानी नगरपालिका अन्तर्गतका बिभिन्न वड़ाहरुमा रहेका सुनौलो हजार दिनका आमाहरूलाई पोसिलो आहार सहितको झोला वितरण शुरू गरिएको छ ।

मटिहानी नगरपालिका मेयर"हरि प्रसाद मंडलले स्वास्थ्य चौकी धिरापुरमा सो वड़ाका सुनौलो हजार दिनका आमाहरूलाई आज एक कार्यक्रमबीच पोसिलो आहार सहितको झोला वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन्।

पालिकाका ५०० जना सुनौलो हजार दिनका आमाहरूलाई मधेश प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र मटिहानी नगरपालिकाको सहयोगमा स्वास्थ्य चौकीहरु मार्फत सुनौलो हजार दिनका आमाहरूलाई वितरण गरिने कुरा स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडलले बताए।

उक्त पोसिलो आहार सहितको झोलामा १ किलोग्राम- मिठो हलुवा, १ किलोग्राम- मिठो दलिया,१ किलोग्राम- मिठो मिश्रित खिचड़ी र १ किलोग्राम- स्पेशल खिर सुपर प्लस जस्ता सामग्री रहेको छ।