दिवेश कुमार महतो/ढल्कवेर
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
धनुषाको मिथिला नगरपालिका नक्टाझिज विश्वकर्मा चौकमा अवस्थित हिमालय युवा क्लबको भवनमा कार्यालय संचालन गर्दै आएको हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १७औं वार्षिक साधारणसभा हिमालय युवा क्लबको प्राङ्गणमा शनिबार मनाएको छ । हिमालय बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष धनिकलाल महतोको अध्यक्षता तथा प्रदेश सभा सदस्य हरिनारायण महतोको प्रमुख आतिथ्य साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका प्रबन्धक अजय कुमार महतोले संस्थाको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारी संस्थामा हाल आ.व. ०७९|०८० मङसिर सम्ममा ४८४ जना महिला,४२७ पुरुष,२ संस्था,५ संयुक्त गरी जम्मा ९१८ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर रकम हाल ३४ लाख ११ हजार ४ सय ३९ रुपैयाँ रहेको छ ।
संस्थाले आ.व. २०७८|०७९ असार मसान्तसम्म मा नाफा नोक्सान अन्तर्गत ब्याज र विविध आम्दानी ६१ लाख ४४ हजार ८१ रुपैयाँ रहेको छ। साथै तलव खर्च ७ लाख ८३ हजार ७ सय ६३ , बचतमा ब्याज खर्च ३१ लाख ४४ हजार ५ सय १३ , शेयर सदस्यहरुको औषधि उपचार १० लाख , ऋण जोखिम बेहोर्ने खर्च ४ लाख ४९ हजार ,७ सय ६६ र अन्य व्यवस्थापन खर्च ४ लाख ५८ हजार ६ सय ८४ रुपैयाँ १२ पैसा भई शुध्द नाफा २ लाख ९१ हजार ५ सय ८६ रुपैयाँ ८८ पैसा रहेको कुरा संस्थाका प्रबन्धक महतोले बताए।

आर्थिक वर्ष २०७९|०८० मङसिर सम्ममा ३ करोड ३३ लाख ६० हजार ५ सय ४९ रुपैयाँ निक्षेप बचत जम्मा गरेको छ भने ४ करोड ६० लाख ८२ हजार ६ सय ६४ रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।
साधारणसभा कार्यक्रममा विशिष्ठ अतिथी मिथिला नगरपालिका २ का वडाअध्यक्ष बिहारी महतो, हिमालय युवा क्लब का पुर्वअध्यक्ष एवम् संरक्षक अरुण कुमार महतो, हिमालय युवा क्लबको अध्यक्ष शिवराम महतो , समाजसेवी दिनेस महतो, सामुदायिक कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजको अध्यक्ष रितलाल महतो , वार्ड नं २ का वाडा सदस्य सहित विभिन्न सहकारी संस्थाका प्रतिनिधि, संस्थाको संचालक समिति, शेयरधनी, बचत कर्ता लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।




