काठमाडौं। जनता समाजवादी पार्टी जसपाको राजनीतिक समितिको बैठक बस्दैछ । दिउँसो काठमाडौंमा बस्ने बैठकले सरकारमा सहभागी हुने/नहुने विषयमा निर्णय गर्नेछ ।
बैठक सोमबार र मंगलबार बस्नेछ । जसपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।



तर सरकारमा सहभागिता बारे भने निर्णय गरिसकेको छैन । अधिकांश सदस्य सरकारमा जनुपर्ने पक्षमा देखिएको एक नेताले जानकारी दिए ।
बैठकले नागरिकता सम्बन्धी विधेयक ल्याउने लगायतका शर्त राखेर सरकारमा जाने निर्णय गर्ने सम्भावना रहेको ति नेताको दाबी छ ।




