
रञ्जन भण्डारी,महोत्तरी। निरन्तरको शितलहरले महोत्तरीको दैनिक दिनचर्या प्रभावित भएपछि विपन्न बस्तीमा नेपाली सेनाले चिया र न्यानोको व्यवस्था गरेको छ ।
नेपाली सेनाको प्रकौली स्थित रणभिम गणको तर्फबाट जलेश्वर नगरपालिका वडा नं. ६ धवौलीको दलित र विपन्न बस्तीमा चियासंगै दाउरा बालेर न्यानोको व्यवस्था गरिएको हो ।
सेनाको तर्फबाट प्रत्येक वर्ष शितलहरमा दाउरा र चिया बाड्ने गरिएकोमा यस पटक समेत शितलहरसंगै चिसो हावा चलेकोमा सेनाको चिया र आगो वाड्ने क्रम सुरु भएको छ ।
सामाजिक कार्यमा निरन्तर उत्साहका साथ भाग लिईरहने नेपाली सेनाले विभिन्न सामाजिक कार्य गर्दै आईरहेकोमा सोहि कार्य अन्तर्गत चिया र आगोको बन्दोवस्त गरिएको रणभिम गणका गणपति प्रमुख सेनानी उत्तम कटवालले जनाएका छन ।
उनले अझै चिसो प्रभावित वस्तीहरुमा पुगेर चिया र आगोको बन्दोवस्त गर्ने प्रयास भैरहेको बताए ।मंगलवार नेपाली सेनाले १७५ घरधुरी लाभान्वित हुने गरि १२ क्विन्टल दाउरा विभिन्न स्थानमा बालेको हो ।









