जनकपुरधाम । धनुषाको जनकपुरधाम पछि दोश्रो सहरको रुपमा रहेको महेन्द्रनगरमा पहिलो पटक जिम क्लब संचालनमा आएको छ ।करिब ५० लाखको लागतमा संचालक अजय कुमार साहले महेन्द्रगरमा लायन्स केभ फिटन्स सेन्टर सञ्चालनमा आएको छ । पछिल्लो पुष १६ गते उद्घाटन गरी उक्त क्लब संचालनमा ल्याएको छ ।
पहिलो पटक महेन्द्रनगरमा क्लब संचालनमा आएपछि शारिरीक व्यायम गर्नेहरुको लर्को लागेको छ । ६ दिनमा करिब ७० जनाले नामांकन गराईसकेको प्रशिक्षक अजय कुमार यादवले जनाएको छ । बिहान बेलुका दुई सिफ्टमा चल्ने क्लबमा जिम गर्नको लागि महिनाको १ हजार ५ सय, ३ महिनाको भुक्तानी एकैपटक गरेमा ४ हजार, ६ महिनाको ७ हजार ५ सय र १२ महिनाको गरेमा १२ हजार शुल्क रहेको उनले बताए ।
क्लबले पुष महिनाभरी नामांकन निःशुल्क गरेको छ ।
महेन्द्रनगरमा पहिलो पटक संचालनमा आएको यो जिम क्लबले सबै उमेर समूहका व्यक्तिहरुको स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने संचालक साहले बताए । विशेष गरी यस क्षेत्रका युवाहरुको स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउन सक्ने उनले दाबी गरे । ‘जिम गरेर शरिरलाई स्वस्थ राख्ने धेरैको चाहना हुन्छ,’ उनले भने, ‘विशेष गरी शरिरको ख्याल गर्नेहरुका लागि र खेलाडीहरुलाई फिटनेस क्लब आकर्षण बन्नेछ ।’ बताउँदै संचालक साहले स्वास्थ्यका लागि फिटनेस सेन्टर महत्वपूर्ण रहने बताए ।
महेन्द्रनगरको सखुवा चोकबाट सखुवा बजार जाने बाटोमा क्षिरेश्वर मा.वि. नजिकै संचालनमा आएको फिटनेस सेन्टरमा नविनतम प्रविधिको प्रयोग गरी आधुनिक डिजाइनमा फिटनेस क्लब तयार गरिएको छ ।
बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म क्लब खुल्ला रहनेछ । २ जनाले नियमित रुपमा प्रशिक्षण दिने संचालक साहले जानकारी दिए । ‘फिटनेस सम्बन्धी सम्पूर्ण अभ्यास क्लबमा हुन्छ,’ साहले भने, ‘वेट गेन, वेट लस, वेट लिफ्टिंग, पावर लिफ्टिंग, जुम्बा, फिटनेश टे«निंग, वेट टे«निंग, डाईट एण्ड न्युटिसन, डान्ससहित कार्डियो अभ्यास पनि क्लबमा हुनेछ । क्लबमा आधुनिक उपकरणको जडान गरिएकाले फिटनेस सम्बन्धी भरपर्दो अभ्यास हुने साह बताउँछन् ।
जिम क्लब यो ठाउँमा पहिलेदेखिनै आवश्यकता रहेको थियो तर ढिलै संचालनमा आएपनि राम्रै भएको छ क्लबमा जिम गर्न आएका स्थानीय मनोज कुमार मण्डल बताउँछन् । उनले भने ब्यायाम सबै उमेर समूहका व्यक्तिहरुका लागि आवश्यक छ र यो आवश्यकताको विषय पनि भएकोले क्लब संचालनमा आउँनु सुखद पक्ष भएको बताए ।