
महोत्तरी - महोत्तरी जिल्लाको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल रेडक्रस सोसाइटी महोत्तरी जलेश्वर शाखाले कम्मल वितरण गरेको छ ।
विगत केही समय देखि जाडो बढ्न थालेपछि सो विद्यालयमा अध्ययनरत (बटुक) छात्रहरुलाई न्यानो कम्मल वितरण गरिएको कुरा जनाइएको छ ।
कमल एक समारोहबीच मटिहानी नगरपालिकाको मेयर हरि प्रसाद मण्डल, जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, रेडक्रसका जिल्ला सभापति दीपक मिश्रले सो विद्यालयका छात्रहरुलाई कम्बल वितरण गर्नुभयो ।
कार्यक्रममा रेडक्रसका मन्त्री अमरनाथ कुँवर, कोषाध्यक्ष विजय गुप्ता र विद्यालयका प्र.अ. ईश्वरी पौडेल सहभागी रहनु भएको थियो । कम्मल विद्यालयमा अध्यनरत ४० जना छात्रहरुलाई प्रदान गरिएको थियो ।


